Saturday, 10 December 2011

♥♥♥गजल♥♥♥

चौतारीको छाहारीमा बस्नेलाई के थाहा ?
मरुभूमिको ताप कति कति हुन्छ भनेर !
महलमा बस्नेलाई के थाहा ?
झुपडिको आनन्द कस्तो हुन्छ भनेर !
मिलनमा रमाउनेहरुलाई के थाहा ?
बिछोडमा जिउनको ब्याथा कस्तो हुन्छ भनेर !
धोका दिनेहरुलाई के थाहा ?
चोट पाउनेहरुको मन कति जल्छ भनेर !
हरीयालि बसन्तमा रमाउनेलाई के थाहा ?
उजाड मरुभूमिमा जिउन कति गह्रो हुन्छ भनेर !
यो बिदेशिहरुलाई के थाहा ?
अर्काको देशमा बस्नुको भोगाई कस्तो हुन्छ भनेर ॥

®♥♥♥राकेश राई
"अनुप"♥♥♥

No comments:

Post a Comment